site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘एक पोल्टो बादल’माथि अन्तरक्रिया 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लघुकथाकार रेणु अधिकारी ‘मौनता’को लघुकथाकृति ‘एक पोल्टो बादल’माथि अन्तरक्रिया सम्पन्न भएको छ ।

लघुकथा समाज नेपालद्वारा बिहीबार आयोजित कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपालले विधा जति सानो हुन्छ लेख्नलाई त्यति नै कठिन हुने बताए । उनले लघुकथा लेख्न सजिलो नहुने बताउँदै कथामाजस्तै लघुकथामा पनि आख्यान तत्व हुनुपर्नेमा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

साहित्यकार तुलसीहरि कोइरालाले कृतिमा संग्रहित कथाहरूको चर्चा गर्दै पहिलो कृति भए पनि अधिकारीका लघुकथा मनछुने खालको बनेको बताए । तथापि, उनले लेखकलाई लेखनमा केही सुधार गर्न सुझाए ।  

निबन्धकार तथा लघुकथाकार श्रीबाबु कार्कीले कृतिमाथि टिप्पणी गर्दै अधिकारीका लघुकथाहरूमा वर्तमान समाजको चित्र कोरिएको बताए । उनले कृतिभित्र देखिएका कमीकमजोरीहरू औँल्याए ।

Global Ime bank

कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, भाषा आयोगका सदस्य तथा लघुकथा समाज नेपालका अध्यक्ष गोपाल अश्क, समाजका सल्लाहकार श्रीओम श्रेष्ठ रोदन, लघुकथाकार अधिकारी र तारा केसीले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय