site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भन्सारका कर्मचारी निलम्बन गर्ने तयारी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बरामद गरिएको सुन तस्करी प्रकरणमा केही कर्मचारीलाई निलम्बनको तयारी गरिएको छ ।

उक्त प्रकरणमा भन्सार कार्यालयका सम्बन्धित कर्मचारीलाई निलम्बनको तयारी गरिएको भन्सार विभागका सूचना अधिकारी एवं निर्देशक पुण्यविक्रम खड्काले जानकारी दिए ।

“ऐनअनुसार कारबाही गर्छौँ । प्रक्रियामा जान्छौँ । बुझ्नुपर्‍यो । छानबिन गर्नुपर्‍यो । गर्छौँ,” उनले बाह्रखरीसित भने, “छानबिन गर्दा निलम्बन त गर्नुपर्‍यो । कानुनमा भएका सबै व्यवस्थाहरूको कार्यान्वयन गरिन्छ ।”

उनका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल हाल बिदामा छन् । उनको अनुपस्थितिमा उपसचिव नारद गौतमले जिम्मेवारी सम्हालेका छन् । उनी मातहत अरू कर्मचारी छन् ।

तर, कार्गो भवनस्थित आयाततर्फ खटिएका कर्मचारीमाथि मात्र अनुसन्धान गरिने उनले स्पष्ट पारे ।

राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर हङकङबाट सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको उनले बताए । अनुमानित १०० किलो सुन बरामद गरिएको हो । नेपाल राष्ट्र बैंकमा लगेर जोखेपछि सुनको यकिन तौल थाहा हुने उनले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro