site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विमानस्थलबाट बरामद सुन जोख्न राष्ट्र बैंकमा लगिँदै
प्रतीकात्मक तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुनको तौल यकिन गर्न नेपाल राष्ट्र बैंकमा लगिँदै छ । राष्ट्र बैंकमा लगेर जोखेपछि बरामद सुनको वास्तविक तौल थाहा हुने राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागकै टोलीले उक्त सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । अहिले बिहान १० बजेपछि उक्त सुन राष्ट्र बैंकमा लगेर जोखिनेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सो प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर हङकङबाट सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।

Royal Enfield Island Ad

“हामीहरूले बरामद सुनको अन्दाजी तौल अनुमान मात्र गरेका छौँ,” उनले बाह्रखरीसित भने, “राष्ट्र बैंकमा लगेर जोखेपछि यकिन तौल थाहा हुन्छ ।”

पक्राउ परेकाहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

विभागको टोलीले अनुमानित १०० किलो सुन बरामद गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro