site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बरामद

काठमाडौं । त्रिभुवन विमानस्थल परिसरबाट करिब एक क्विन्टल बराबर सुन बरामद भएको छ । अवैध तरिकाले ल्याइएको सुन बरामद भएको राजस्व अनुसन्धान विभाग स्रोतले  जानकारी दिएको छ ।

करिब एक क्विन्टल अनुमान गरिएको भए पनि ठ्याक्कै कति हो भन्ने बारेमा अहिले बताउन नसकिने विभाग स्रोतले जनाएको छ ।

Dabur Nepal
NIC Asia

क्याथे प्यासिफिक जहाजबाट उक्त सुन नेपाल आएको थियो । हङकङबाट चारदिन अघि नै उक्त सामान आएको र हिजो भन्सार पास भएको स्रोतले जानकारी दिएको छ ।

“१५ तारिखमा आएको रहेछ,” स्रोतले भन्यो, “हिजो बाहिर निस्कियो । १६० वटा ब्रेक प्याड हो । विशेष तरिकाले लुकाएर ल्याएको भन्ने छ । विशेष सूचनाका आधारमा आज बरामद गरिएको हो ।”

स्रोतले दिएको जानकारीअनुसार जम्मा १४५ केजी ब्रेक प्याडको कूल नेट वेट भएको छ । त्यसमा बढीजसो सुन रहेको देखिएको स्रोतले जानकारी दियो ।

नेपालमा बरामद भएको यो परिणाम अहिलेसम्मकै बढी हो । रेडी ट्रेड लिंक बूढानीलकण्ठको नाममा उक्त सामान आयात भएको देखिएको स्रोतले जानकारी दियो । बरामद भएको सुन छुट्टयाएर तौल लिने काम जारी रहेकाले ठ्याक्कै परिणाम भन्न नसकिने स्रोतले जानकारी दियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro