site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले र माओवादी कम्युनिष्ट शासन लाद्ने दुष्प्रयासमा छन्ः लेखक
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले वाम गठबन्धन मुलुकमा कम्युनिष्ट शासन लाद्ने दुष्प्रयासमा लागेको आरोप लगाएका छन् । काठमाडौंको बानेश्वरमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता लेखकले मुलुकमा कम्युनिष्ट शासन लाद्ने वाम गठबन्धनको प्रयास सफल नहुने बताए ।

‘‘वाम गठबन्धनका नाममा एमाले–माओवादी देशमा कम्युनिष्ट शासन लाद्ने सोचमा छन्,’’ केही पत्रकारसँगको कुराकानीमा उनले भने, ‘‘उनीहरुको त्यो प्रयास नेपालमा लागु हुने कुनै सम्भावना नै छैन् ।’’ नेता लेखकले वाम गठबन्धनले मुलुकमा एउटा मात्रै कम्युनिष्ट पार्टी बनाउन लागेको हो कि मुलुकलाई नै कम्युनिष्टीकरण गर्न लागेको हो भन्ने बारेमा कांग्रेसले सुक्ष्म ढंगले हेर्न जरुरी रहेको बताए ।

Dabur Nepal
NIC Asia

नेता लेखकले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको भित्रि सहमति सार्वजनिक भएकै दिन गठबन्धन टुट्ने दाबी पनि गरे । ‘‘गठबन्धनका कारण एमाले र माओवादीभित्र आन्तरिक रुपमा अवस्था सहज छैन्,’’ उनले भने, ‘‘ओली–दाहालबीच भएको भित्रि सहमति सार्वजनिक भएकै दिन गठबन्धन रहँदैन् । 

वाम गठबन्धनले कांग्रेस सामु चुनौती थपिएको स्वीकार गर्दै नेता लेखकले परिस्थितिको सामना गरेर अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले लोकतन्त्रको रक्षाका लागि नेपालमा कांग्रेस बाहेक अर्को कुनै भर पर्दो दल नभएकाले आशन्न चुनावमा जनताले कांग्रेसलाई मतदान गर्ने आशा व्यक्त गरे । ‘‘कांग्रेसका केही कमी कमजोरी अवश्य होलान् तर कांग्रेसलाई विदाई गरेर लोकतन्त्रको जिम्मा दिन जनता सामु अर्को कुनै भरपर्दो पार्टी नै छैन्,’’ उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०७४  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu