site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुशल भुर्तेलले घातक बलिङ गर्दा १५७ रनमै समेटियो यूएई ‘ए’

काठमाडौं । कुशल भुर्तेलले घातक बलिङ गरेपछि एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले युनाइटेड अरब इमिरेट्स ‘ए’ बाट १५८ रनको लक्ष्य पाएको छ । 

भुर्तेलले लिस्ट ‘ए’ करियरकै उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि बुधबार पी सारा ओभलमा टस जितेर ब्याटिङमा आएको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो ।

यूएईलाई मध्यम योगफलमा रोक्न ६ विकेट लिएका भुर्तेलले १० ओभरमा ४० रन खर्चिए । लिस्ट ‘ए’ क्रिकेटमा कुशलको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ फिगर हो । 

यूएईले २३.५ ओभरमा ९६ रन जोड्दा दुई विकेटमात्र गुमाएको थियो । तर, त्यसपछि भुर्तेलले लगातार विकेट लिँदा यूएई १५७ रनमै समेटियो । 

यसबाहेक, श्याम ढकाल (मौसम)ले दुई विकेट लिँदा कुशल मल्ल र पवन सर्राफले समान एक विकेट लिए ।

यूएईका ओपनर नवप्रितसिंह बाज्वाले ५२ रन बनाए । इथान डिसुजाले १८, अश्वन्थ भाल्थापाले १६ र जस गियानानीले १३ रन जोडे । यसबाहेक, यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतियोगितामा दुवै टिमको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका दुई खेलमा लगातार हार बेहोरेका कारण दुवै टिमको सेमिफाइन पुग्ने सम्भावना समाप्त भइसकेको छ । यसैकारण आजको खेलमा दुवै टिम जितसहित प्रतियोगिताको सुखद अन्त्यको लक्ष्यमा छन् ।

यसअघि, प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’सँग नौ विकेटले पराजित भएको थियो ।

यता, यूएई पनि पहिलो खेलमा भारतसँग आठ विकेटले र दोस्रो खेलमा पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro