site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गत वर्ष ३८ अर्ब ४० करोड वैदेशिक लगानी प्रतिबद्धता
Sarbottam CementSarbottam Cement

काठमडौं । गत आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ४० करोड ७५ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता गरिएको छ । उद्योग विभागले सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांकानुसार गत वर्षको साउन मसान्तदेखि असार मसान्तसम्म ३२७ परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता गरिएको हो ।

गत आर्थिक वर्षमा २९७ साना परियोजना, २५ मझौला परियोजना र पाँच ठूला आयोजनाका लागि उक्त प्रतिबद्धता गरिएको विभागले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुरुदेखि हालसम्म भने चार खर्ब ५६ अर्ब ३८ करोड १० लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता गरिएको छ । गएको असारमा मात्र ५४ परियोजनाका लागि तीन अर्ब ७१ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता गरिएको थियो ।

गत वर्ष ७४ परियोजनाका लागि साझा सदस्यता सम्झौता र ६४ परियोजनाका लागि प्रविधि हस्तान्तरण सम्झौता भएको छ । त्यसका लागि १६ अर्ब २४ करोड ९३ लाख रुपैयाँ सम्झौता भएको विभागले जनाएको छ ।

Global Ime bank

गत एक वर्षको वैदेशिक लगानी प्रतिबद्धताले १७ हजार १२ जनाले रोजगारी सिर्जना हुने बताइएको छ । हालसम्म गरिएको वैदेशिक लगानी प्रतिबद्धताले तीन लाख नौ हजार १३२ जनाले रोजगारी प्राप्त गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement