site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
शिक्षा सेवा शुल्कमा लक्ष्यभन्दा बढी राजस्व संकलन, अरू शीर्षकमा लक्ष्य पूरा भएन
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको आर्थिक वर्ष २०७९/८० मा सरकारले राखेको राजस्व संकलनको लक्ष्य पूरा भएन । असार मसान्तसम्म सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ मात्र संकलन भएको छ । कुनै पनि शीर्षकको लक्ष्य पूरा हुन सकेन ।

सरकारले गत आर्थिक वर्षमा लक्ष्य पूरा नहुने देखेपछि राजस्व संकलन लक्ष्य संशोधन गरेको थियो । सरकारले गएको आर्थिक वर्षमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ४१ अर्ब रुपैयाँ संकलन हुने संशोधित अनुमान गरेको थियो । तर, गएको जेठ मसान्तसम्म सरकारले आन्तरिक ऋणमार्फत दुई खर्ब २० अर्ब ३८ करोड रुपैयाँ उठाएको छ ।

यस्तै, असार मसान्तसम्म नौ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ राजस्वबापत प्राप्त भएको छ । सरकारले आन्तरिक ऋण र राजस्व संकलनमार्फत प्राप्त गर्ने भनेर राखेको संशोधित लक्ष्य पनि प्राप्त गर्न सकेन । 

Prabhu Bank
Agni Group
NIC Asia

गएको आर्थिक वर्षको अन्त्यसम्म आन्तरिक ऋण र राजस्वमार्फत सरकारले ११ खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँ संकलन गरेको छ । सरकारले राखेको संशोधन लक्ष्यभन्दा एक खर्ब ६३ अर्ब कम राजस्व तथा आन्तरिक ऋण प्राप्त गरेको छ ।

सुरुमा सरकारले राखेको सबै शीर्षकको लक्ष्यभन्दा कम राजस्व संकलन भएको भए पनि शिक्षा सेवा शुल्कबापत उठ्ने राजस्वमा भने लक्ष्यभन्दा साढे ३५ प्रतिशतले वृद्धि भएको छ । यस शीर्षकमा सरकारले एक खर्ब ४७ अर्ब ८० करोड रुपैयाँ उठाउने लक्ष्य राखेकोमा दुई खर्ब ३३ करोड रुपयाँ संकलन भएको छ । यस लक्ष्यको ३५.५४ प्रतिशतले बढी हो । 

Global Ime bank

Rajaswo-Sankalan11689651518.jpg

कुन शीर्षकमा कति उठ्यो राजस्व ?

अर्थ मन्त्रालयका अनुसार करबापत सरकारले आठ खर्ब ६५ अर्ब ६१ करोड रुपैयाँ संकलन गरेको छ । करबापत १२ खर्ब ९५ अर्ब ३७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो ।  गैरकरबापत ९१ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको छ । गएको वर्ष सरकारले गैरकरबापत एक खर्ब सात अर्ब ७७ करोड रुपैयाँ संकल गर्ने लक्ष्य राखेको थियो । 

भन्सार महसुलबापत सरकारले तीन खर्ब ३० अर्ब रपैयाँ संकलन गर्ने लक्ष्य राखेको भए पनि असार मसान्तसम्म एक खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यभन्दा ४४.७८ प्रतिशतले कम हो । 

मूल्य अभिवृद्धि करमा पनि लक्ष्यभन्दा २८.१७ प्रतिशत कम संकलन भएको छ । असार मसान्तसम्म दुई खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर संकलन भएको मन्त्रालयले जानकारी दिएको छ । तर, यस शीर्षकमा सरकारले तीन खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । 

अन्तःशुल्कबापत सरकारले दुई खर्ब १७ अर्ब २८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यभन्दा ३४.१५ प्रतिशत कम एक खर्ब ४३ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

आयकरमा पनि सरकारले राखेको लक्ष्यभन्दा २७.५५ प्रतिशत कम राजस्व संकलन भएको छ । यस शीर्षकमा सरकारले तीन खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको भए पनि दुई खर्ब ५१ अर्ब ८१ करोड रुपैयाँ मात्र संकलन भएको छ । 

१२ महिना नै लक्ष्य पूरा भएन 

अर्थ मन्त्रालयका अनुसार गएको आर्थिक वर्षमा कुनै पनि महिना लक्ष्य अनुसार राजस्व संकलन भएन । साउनमा ९३ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको भए पनि यो महिना ७९ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यो लक्ष्यको १४.७३ प्रशितभन्दा कम हो । 

त्यसैगरी सबैभन्दा कम राजस्व संकलन माघमा भएको छ । यो महिना एक खर्ब दुई अर्ब ३० करोड रुपैयाँ राजस्व संकनल गर्ने लक्ष्य राखिएको भए पनि ५५ अर्ब ७० करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ । यो लक्ष्यको ४५.५५ प्रतिशतभन्दा कम राजस्व संकलन हो । सबैभन्दा बढी राजस्व संकलन भने पुसमा भएको छ । यो महिना एक खर्ब ८७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यको २९ प्रतिशत कम राजस्व संकलन भएको भए पनि अन्य महिनाभन्दा यो महिना सबैभन्दा बढी राजस्व संकलन भएको छ । पुसमा एक खर्ब ३२ अर्ब नौ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । 

यो वर्ष भन्सारमा कडाइ गरिएकाले पनि राजस्व संकलनमा कमी आएको हो । सरकारले मदिरा, गाडी, महँगा फोन र विलासिताका वस्तुमा कडाइ गरेपछि त्यसको प्रत्यक्ष प्रभाव राजस्व संकलनमा परेको छ । भन्सार संकलनमा कमी आएसँगै कुल राजस्वमा कमी आएको हो । सरकारले भन्सारबाट कम राजस्व प्राप्त गरेसँगै यो वर्ष लक्ष्य भेटाउन नसकेको हो । 

लक्ष्य बढ्यो संकलन घट्यो 

प्रत्येक वर्ष राजस्व संकलन लक्ष्य बढ्छ । तर, यो वर्ष भने गत वर्ष संकलन भएको राजस्व जति पनि संकलन हुन सकेन । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार ३२ गतेसम्म १० खर्ब ६७ अर्ब ९५ करोड रुपैयाँ संकलन भएको थियो । यो वर्ष सरकारले राजस्वबापत ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । सो वर्ष लक्ष्यको ९०.४६ प्रतिशत राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । 

अघिल्लो आर्थिक वर्षमा ११ खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले गत वर्ष दुई खर्ब २२ अर्ब ५४ करोड रुपैयाँले राजस्व संकलन लक्ष्य बढाइएको थियो । तर, लक्ष्य बढाइए पनि राजस्व संकलन भने एक अर्ब १० करोड रुपैयाँले कमी आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement