site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभामा फेरि किन पठाइँदै छ मिटरब्याजसम्बन्धी विधेयक ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतिले पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ लाई फेरि राष्ट्रियसभामा पठाइने भएको छ । उक्त विधेयक राष्ट्रियसभामा उत्पत्ति भई पारित भएर प्रतिनिधिसभामा आएको थियो ।

प्रतिनिधिसभाबाट त्यो विधेयक संशोधनसहित पारित गरिएको हो । प्रतिनिधिसभाबाट पारित विधेयकका संशोधन राष्ट्रियसभाले पनि विचार गर्नुपर्ने भएकाले त्यहाँ पठाउन लागिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभामै उत्पत्ति भएको हो । प्रतिनिधिसभाले संशोधनसहित पारित गरेकाले उक्त संशोधनमा विचार गर्ने अधिकार राष्ट्रियसभालाई रहने हुँदा सन्देशसहित राष्ट्रियसभामा पठाउन लागिएको हो,” उनले बाह्रखरीसित भने ।

उनका अनुसार प्रतिनिधिसभाले गरेको संशोधन स्वीकार गरेमा राष्ट्रियसभा अध्यक्षले नै प्रमाणित गरेर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइनेछ ।

Global Ime bank

यही विधेयकमा मिटरब्याजसम्बन्धी विषय पनि समेटिएको छ । मिटरब्याजलाई अवैध ठहर गर्ने र मिटरब्याजीलाई कानुनी दायरामा ल्याउनेसहितका ८० कानुन संशोधन गर्ने विधेयक पुनः राष्ट्रियसभाबाट पारित भएपछि मात्र प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ ।

राष्ट्रपतिले प्रमाणित गरेर विधेयक राजपत्रमा प्रकाशित भएपछि मिटरब्याजीलाई प्रहरीले पक्राउ गरेर कानुनबमोजिम कारबाही गर्ने बाटो खुला हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement