site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनको जवाफी आक्रमण असफल : पुटिन
फाइल तस्बिर ।

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोका सेनालाई पछाडि धकेल्न गएको महिना सुरु गरिएको किभको जवाफी आक्रमण असफल भएको दाबी गरेका छन् ।

युक्रेनले पश्चिमा हतियारको भन्डार र आक्रामक सेनाको निर्माणपछि आफ्नो बहुप्रतीक्षित लडाइँ सुरु गरेको थियो ।

“सबै शत्रुले हाम्रो प्रतिरक्षालाई तोड्ने प्रयास गर्छन् । आक्रमण सुरु भएदेखि नै उनीहरू सफल भएका छैनन् । शत्रु सफल हुँदैन,” पुटिनले आइतबार प्रसारण भएको एक टेलिभिजन अन्तर्वार्तामा भने ।

Dabur Nepal
NIC Asia

युक्रेनले शुक्रबार रुसी सेनासँगको लडाइँ कठिन अवस्थामा रहेको जनाएको थियो ।

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येरमाकले पत्रकारसँग भने, “प्रतिकार आज अपेक्षित छिटो अघि बढिरहेको छैन ।”

किभका अनुसार गएको एक हप्तामा उसका सेना दक्षिणी मोर्चामा करिब दुई किलोमिटर अघि बढेका छन् ।

युक्रेनका राष्ट्रिय सुरक्षा बलका वरिष्ठ प्रतिनिधि माइकोला उर्शालोभिचले जारी आक्रमणका क्रममा सैनिकहरू कब्जा गरिएको दक्षिणी सहर मेलिटोपोलतर्फ अघि बढेको पत्रकारसँग बताए ।

आइतबार सेनाले मेलिटोपोल र बर्दयान्स्कतर्फ आक्रामक अभियान सञ्चालन गरिरहेको जनाएको थियो ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले गएको हप्ता प्रतिज्ञा गरिएका हतियारहरूको ढिलो वितरणले किभको प्रत्याक्रमणमा ढिलाइ भइरहेको बताएका थिए । उनले उक्त अवसरमा संयुक्त राज्य अमेरिका र अरू सहयोगीहरूलाई लामो दूरीका हतियार र तोपखाना प्रदान गर्न आह्वान गरेका थिए । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro