site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र कलाकार संघले भन्यो– सारुक ताम्राकारको निधनबारे गहिरो छानबिन गर

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले अभिनेता सारुक ताम्राकारको निधनबारे छानबिन गर्न माग गरेको छ ।

ताम्राकारको निधनलाई लिएर जनस्तरबाैट न्यायिक छानबिनको माग भइरहेको घटनाको गहिरो छानबिन हुन आवश्यक रहेको संघको भनाइ छ ।

संघले छानबिनबाट कोही दोषी देखिए कानुनको दायरामा ल्याई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, "सारुक ताम्राकारले हाल अभिनय गरिरहेको चलचित्रका जिम्मेवार सदस्यले चलचित्रको छायाँकनको कममा भएका घटना र सन्दर्भहरू विभिन्न अनलाइनमार्फत अभिव्यक्ति गर्नु भएकोले सो सम्बन्धमा पनि छानबिन गर्ने निकायले अनुसन्धान गरी यदि कोही दोषी देखिए सत्य तथ्य उजागर गरी कानुनको दायरामा ल्याई कडाभन्दा कडा कानुनी कारबाही गर्न जोडदार माग गर्दछौँ ।"

सारुकले असार २१ गते बिहीबार राति ११ बजे प्लास्टिकको पासो लगाएर आत्महत्या गरेका थिए । सारुकले ‘ह्यासट्याग माया’ सिनेमाको छायांकन गरेर फर्किएको साँझ आत्महत्या गरेका थिए ।

सारुकको आत्महत्यालाई लिएर सिने जगतभित्र तरंग सिर्जना भएको छ । एक नायिकासँगको सम्बन्धमा सारुक रहेको र उनकै कारण सारुक आत्महत्या गर्ने अवस्थानमा पुगेको धेरैले आरोप लगाइरहेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro