site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भायानेटकी सीईओ ‘व्यावसायिक महिला २०२३’ बाट सम्मानित

काठमाडौं । भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहराले ‘व्यावसायिक महिला २०२३’ को सम्मान पाएकी छन् ।

‘स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३’ मा आयोजित एक समारोहमा उनी सम्मानित भएकी हुन् ।

यसले बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार एवं महिला सशक्तिकरणको अटल प्रतिबद्धतालाई झल्काएको आयोजकको भनाइ छ ।

चार्टर्ड एकाउन्टेन्टदेखि नेपालका प्रमुख मध्येको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उनको समर्पण र असाधारण नेतृत्व क्षमताको प्रमाण भएको आयोजकले जनाएको छ ।

सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम (एफटीटीएच) प्रविधि सञ्चालनमा ल्याउने टोलीमा समेत उनी थिइन् ।

सीईओ बोहराको दूरदर्शी मार्गदर्शनमा भायानेट कम्युनिकेसन लिमिटेडले ९० सहरमा आफ्नो नेटवर्क विस्तार गरेको, ५१ शाखा स्थापना गरेको र एक हजार ५०० भन्दाबढी कर्मचारीलाई रोजगारी दिएको छ । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्