site stats
बाह्रखरी :: Baahrakhari
देश
रविको बन्दी प्रत्यक्षीकरण रिट आज हेर्न मिल्ने इजलासमा सुनुवाइ हुँदै
फाइल तस्बिर ।

काठमाडौं । रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने भएको छ । 

सर्वोच्च अदालतले रविको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न मिल्ने न्यायाधीशहरूको इजलासमा राख्न आदेश गरेपछि आज हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने भएको हो ।   

आइतबार न्यायाधीशद्वय डाक्टर मनोजकुमार शर्मा र सुनिलकुमार पोख्रेलको इजलासमा हेर्न नमिल्नेमा परेपछि सोही इजलासले अब उप्रान्त हेर्न मिल्ने इजलासमा राख्न आदेश जारी गरेको हो । 

बन्दी प्रत्यक्षकरणको रिटको संवेदनशीलता हेरेर प्राथमिकतामा राख्नुपर्ने भन्दै पटकपटक हेर्न नमिल्नेमा नपर्ने गरी सुनवाइको व्यवस्था गर्न सर्वोच्च प्रशासनका नाममा आदेश जारी गरेको हो ।
 
आदेशसँगै सर्वोच्च प्रशासनले अहिलेसम्म हेर्न नमिल्ने चार न्यायाधीशको सूची तयार पारेको छ । त्यसबाहेक पनि हेर्न नमिल्ने भए यकिन गरी सोमबार हेर्न मिल्ने न्यायाधीशमध्येबाट मात्र गोला प्रणालीमा सहभागी गराउने निर्णय गरेको थियो । 

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार न्यायाधीशहरू हरिप्रसाद फुयाल, तिलप्रसाद श्रेष्ठ, अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलले रविको मुद्दा हेर्न नमिल्ने अवस्था छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्