site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण गर्न माग

काठमाडौं । श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । 

लामो समयदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट बढ्न नसकेको भन्दै २५ हजार निर्धारण गर्नुपर्ने माग गर्दै ट्रेड युनियन कांग्रेसले काठमाडौंमा प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागीहरूले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर, स्थानीय तहमा श्रमिकहरूको पञ्जीकरण गर, श्रम आयोगको गठन गर लगायका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रदर्शनमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले विभिन्न बहानामा श्रमिकको न्यूनतम ज्याला वृद्धि हुन नसकेको भन्दै अब न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण गर्नुपर्ने बताए । 

उनले अहिलेको पारिश्रमिक पीडित भएको र श्रमिकको चुल्हो बल्न नसकेको भन्दै न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने धारणा राखे । 

ट्रेड युनियन कांग्रेसले आफूहरूको मागका विषयमा सरोकारवालाहरूको ध्यानाकर्षण गराएको भन्दै माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro