site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१९ विद्यालयका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा
प्रतीकात्मक तस्बिर ।

मनहरी । मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रूपमा राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा मनहरि गाउँपालिकाभित्र रहेका १८ प्राथमिक र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू छन् ।

प्रधानाध्यापकहरूको सामूहिक राजीनामा साउन १ गतेदेखि लागु हुने गरी दिइएको पत्रमा उल्लेख छ । “सहमतिविपरीतको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ,” राजीनामापत्रमा उल्लेख छ ।

विद्यालयको गुणस्तर सुधारको नाममा गाउँपालिकाले बिनाकारण प्रधानाध्यापकको सरुवा गर्न खोजेपछि सामूहिक रूपमा राजीनामा दिन बाध्य भएको बताइएको छ । एक प्रअका अनुसार प्रधानाध्यापकबाट राजीनामा दिए पनि पढाउन छाडिने छैन ।

यता, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको बताए । शिक्षक महासंघका अध्यक्ष नवराज डोटेलले विषयलाई राजनीतिकरण गराएर अनावश्यक बखेडा झिक्न खोजेको जिकिर उनले गरे ।

“अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिनअगाडिको हो । हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौँ । प्रधानाध्यापकलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौँ । उहाँहरूले नमानेपछि हामीले सरुवा गर्न खोजेका हौँ,” अध्यक्ष कालाखेतीले स्पष्ट पारे ।

पालिकाको शिक्षा क्षेत्र सुधारका लागि पालिकाले शिक्षकलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता ५०० बाट बढाएर दुई हजार रुपैयाँ पुर्‍याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए ।

“शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ । यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो । सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौँ । तर, कसैले मान्दिनँ भन्छ भने हामी कानुनानुसार अघि बढ्नेछौँ,” अध्यक्ष कालाखेतीले भने । रासस

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro