site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सरकार भंग गर्न माग, एमालेप्रति दोषारोपण ‘आपत्तिजनक’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले कोसी प्रदेश सरकार भंग गरी नयाँ प्रक्रिया थाल्न माग गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकबाट पारित समसामयिक प्रस्तावको पहिलो बुँदामा यो माग उल्लेख छ ।

वर्तमान सत्ता गठबन्धन संविधानको उल्लंघन गर्ने, संवैधानिक संस्थाहरूमा हस्तक्षेप गर्ने, तिनीहरूलाई विवादित र निष्प्रभावी बनाउने तथा लोकतन्त्रलाई जगैदेखि खल्बल्याउने काममा उद्यत रहेको एमालेको आरोप छ ।

सरकार गठन गर्ने वा हटाउने कार्यमा सभामुख स्वयं संलग्न हुनु नेपालको संविधान, संसदीय अभ्यासमाथिको नांगो प्रहार भएको एमालेको ठहर छ ।

“...नेकपा (एमाले) सत्ता गठबन्धनका यस्ता असंवैधानिक कदमको भर्त्सना गर्दछ । असंवैधानिक ढंगले गठन गरिएको कोसी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्दछ,” पारित समसामयिक प्रस्तावको पहिलो नम्बर बुँदामा भनिएको छ ।

यस्तै, मिटरब्याजसम्बन्धी विधेयकका विषयमा एमालेलाई दोषारोपण गर्ने सरकारको नियत आपत्तिजनक रहेको जनाइएको छ ।

पारित प्रस्तावको तेस्रो नम्बर बुँदामा ‘सरकार आफैँले विधेयक प्रस्तुत गर्न ढिलाइ गर्ने, सदन सञ्चालन गर्न आवश्यक पहल नगर्ने, विधेयकबारे सत्ता घटकभित्र गम्भीर विवाद रहेको र यिनै कारण विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुन नसकेको यथार्थलाई ढाकछोप गरिएको’ उल्लेख छ ।

“अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी कसुरलाई दण्डनीय बनाउन जारी गरिएको अध्यादेशलाई प्रतिस्थापना गर्न ल्याइएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ नामको प्रतिस्थापन विधेयकका बारेमा सत्ता गठबन्धनबाट व्यक्त भइरहेका अभिव्यक्ति र सम्प्रेषित भ्रामक समाचारहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,” उक्त बुँदामा उल्लेख छ, “यससम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न सरकार आफैँले निकै ढिलो गरी प्रतिस्थापन विधेयक राष्ट्रियसभामा प्रस्तुत गर्‍यो । दुवै सदनबाट पारित गरिसक्नुपर्ने समयसीमाको अन्तिम दिन मात्रै उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरियो । सरकार आफैँले विधेयक प्रस्तुत गर्न ढिलाइ गर्ने, सदन सञ्चालन गर्न आवश्यक पहल नगर्ने, विधेयकबारे सत्ता घटकभित्र गम्भीर विवाद रहेको र यिनै कारण विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुन नसकेको यथार्थलाई ढाकछोप गर्दै नेकपा (एमाले)लाई दोषारोपण गर्ने सरकारको नियत आपत्तिजनक छ ।”

सत्ता गठबन्धनले विभिन्न स्वायत र गैरराजनीतिक संस्थामाथि निरन्तर हस्तक्षेप गरेको भन्दै बैठकबाट भर्त्सना गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसैगरी, प्राकृतिक प्रकोपका कारण घरबार गुमाएकालाई तत्काल पुनःस्थापना गर्न, राष्ट्रिय राजमार्गसहित सडक पूर्वाधारको यथाशीघ्र पुनर्निर्माण गर्न, लम्पी स्किन रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, बिमा रकम तत्काल भुक्तानीलगायत माग सरकारसित गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro