site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भरुवा बन्दुकसहित पक्राउ

काठमाडौं । डडेलधुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।

अजयमेरु गाउँपालिका–६, भण्डारीगाउँका ४२ वर्षीय वीरसिंह भण्डारीलाई एकनाले भरुवा बन्दुक एकथानसहित शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । भण्डारीसँग इजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।

उता, सोलुखुम्बुमा शनिबार बिहान प्रहरीले ‘लोड’ भएको एकथान भरुवा बन्दुक बरामद गरेको छ । सोताङ गाउँपालिका–५, केल्चाकस्थित चुकसुदो सामुदायिक वनबाट उक्त बन्दुक बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय सोताङबाट गस्तीमा खटिएको टोलीले बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro