site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
वाग्नर प्रमुखले रूसी सेनामा सामेल हुने प्रस्ताव अस्वीकार गरे : पुटिन
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । रूसी निजी सैनिक वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले आफ्ना लडाकुहरूलाई रसियाको सेनामा एक इकाईको रूपमा सेवा गर्ने प्रस्ताव अस्वीकार गरेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो प्रस्ताव प्रिगोजिनले अस्वीकार गरेको बताएका छन् ।

पुटिनले कोमरसान्ट अखबारलाई प्रिगोजिनले आफ्नो प्रस्ताव अस्वीकार गरेको बताएका छन् । अधिकांश समूह कमान्डरहरूले मस्कोमा भर्खरैको वार्तामा एक वरिष्ठ वाग्नर व्यक्तिको नेतृत्वमा हुने योजनालाई समर्थन गरेका थिए । तर, प्रिगोजिनले पुटिनलाई ‘जवानहरू यो निर्णयसँग सहमत नहुने’ जवाफ दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पुटिनको अख्तियारलाई चुनौती दिने गरी २३–२४ जुनमा वाग्नर समूहको असफल विद्रोहको केही दिनपछि उक्त वार्ता भएको थियो । अल्पकालीन विद्रोहको अन्त्य गर्ने सम्झौताअन्तर्गत, भाडाका सैनिकहरूलाई उनीहरू नियमित रूसी सेनामा सामेल हुन वा रूसको नजिकको सहयोगी बेलारूस जान सक्ने भनिएको थियो ।

रूसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि वाग्नरका सेनाले केही रक्तपातपूर्ण लडाइँहरू लडेका थिए । तर, अमेरिकी सेनाले भने उक्त समूहले अब युक्रेनमा लडाइँ गर्न कुनै पनि महत्त्वपूर्ण क्षमतामा भाग नलिएको मूल्यांकन गरेको छ ।

Global Ime bank

पेन्टागनका प्रवक्ता प्याट राइडरले बिहीबार एक टिप्पणी गर्दै वाग्नर लडाकुहरूको उल्लेख्य संख्या अझै पनि रूस नियन्त्रित युक्रेनको क्षेत्रमा रहेको विश्वास व्यक्त गरेका थिए ।

यता, राष्ट्रपति पुटिनले बिहीबार कोमरसेन्ट व्यापार दैनिकसँगको अन्तर्वार्तामा प्रिगोजिनसहित ३५ वाग्नर कमान्डरहरू जुन २९ मा क्रेमलिन बैठकमा उपस्थित रहेका खुलाएका थिए ।

पुटिनले उनीहरूलाई रूसी सेनामा रोजगारीका धेरै विकल्पहरू प्रस्ताव गरेको खुलाए । जसमा एक वरिष्ठ वाग्नर कमान्डरको कमान्डमा सेवा जारी राख्ने विकल्प थियो ।

“मैले यो भनिरहँदा धेरै वाग्नर लडाकुहरू टाउको हल्लाइरहेका थिए,” पुटिनले भने, “अनि अगाडि बसेको र यो सबै नदेखेको प्रिगोजिनले सुनेपछि भने– होइन, जवानहरू यो निर्णयमा सहमत छैनन् ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  २०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय