site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्राइडे रिलिजमा सरोजको ‘बगान’ र दयाहाङको ‘बिहे पास’ हलमा 

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । चलचित्र ‘बगान’ र ‘बिहे पास’ आजबाट प्रदर्शनमा आएका हुन् । 

‘बगान’ अभिनेता सरोज खनालले निर्देशन गरेको चलचित्र हो । उनको यो डेब्यु निर्देशन हो । 

करिष्मा मानन्धर मुख्य भूमिकामा छिन् । एकल महिलाको कथामा आधारित यो चलचित्रमा प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्माको पनि अभिनय रहेको छ । करिष्माको अपोजिटमा सरोज स्वयं छन् । 

आजै बाट प्रदर्शनमा आएको ‘बिहे पास’ पुनः रिलिज भएको हो । 
दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्र यसअघि नयाँ वर्षको छेको पारेर वैशाख १ गते रिलिज भएको थियो । 

तर, त्यही दिन दयाहाङ नै मुख्य भूमिकामा रहेको अर्को चलचित्र ‘जारी’ पनि रिलिज भएको थियो । ‘जारी’को छायामा ‘बिहे पास’ पर्दा यसले उत्साहजनक बक्सअफिस कलेक्सन गर्न सकेको थिएन । 

‘बिहे पास’लाई प्रवेश पौडेलले निर्देशन गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro