site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एफएनसीसीआईका अध्यक्ष ढकाल र नेदरल्याण्डका राजदूत वर्गबीच लगानीका अवसर तथा साझेदारीबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल, भारत तथा भुटानका लागि नेदरल्याण्डका राजदूत मार्टेन भान डेन वर्गबीच भेटवार्ता भएको छ ।

बिहीबार एफएनसीसीआईको सचिवालयमा भएको भेटर्वार्ता सम्भावित लगानीको खोजीमा केन्द्रित रहेको बताइएको छ । त्यस्तै, नेपालको आर्थिक वृद्धिका लागि अवसर र सहयोग खोज्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

भेटमा अध्यक्ष ढकालले नेपाल लगानीको प्रमुख गन्तव्य भएकोले त्यसको सदुपयोग गर्नमा जोड दिएका थिए । पूर्वाधार विकासमा देशको प्रयास, अर्थतन्त्रको डिजिटल रूपान्तरण, प्रवर्द्धन तथा कृषिमा आधारित उद्योगहरू र समग्र औद्योगिक वृद्धिमा उनले नेदरल्यान्ड्सलाई सहयोग गर्न पनि अनुरोध गरेका थिए ।

ढकालले नेपाली कामदारका लागि सीप विकासको महत्वलाई पनि जोड दिए । उनले राजदूत वर्गलाई व्यापारिक चेम्बरहरूसँग साझेदारीका अवसरहरू खोज्न आग्रह गरे ।

जवाफमा राजदूत वर्गले नेपालमा डच लगानीलाई सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । नेदरल्याण्डमा निजी क्षेत्रसँग सरकारको प्रत्यक्ष संलग्नता हुने बताए । व्यवसायहरूलाई नेपाली बजारको सम्भाव्यताको खोजी गर्न प्रोत्साहित गर्ने पनि राजदूत वर्गले बताए ।
राजदूत वर्गले विस्तार गर्ने उद्देश्यका साथ नयाँ दिल्लीमा रहेको आर्थिक इकाईलाई सोध्ने बताए ।

महासंघका अध्यक्ष ढकाल र राजदूत वर्गबीच भएको भेटले सकारात्मक कदमको संकेत गरेको पनि बताइएको छ । दुई देशको साझेदारीले विकासको लागि नयाँ मार्गहरू खुला गर्ने र ज्ञान आदानप्रदानलाई सहज बनाउने विश्वास पनि महासंघको छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro