site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंस्थित रुसी दूतावासअगाडि विरोध प्रदर्शन 

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले तत्काल युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्दै काठमाडांैस्थित रुसी दूतावासअगाडि बिहीबार प्रदर्शन गरेको छ ।

सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपश्चात् सुरु भएको रुस–युक्रेन युद्ध बिहीबार ५०५औँ दिनमा प्रवेश गरेको छ ।

प्रदर्शनमा ‘रुस तत्काल युद्ध अन्त्य गर’, ‘युद्धको ५०५ दिन : मानवता पराजित’, ‘रुसी आक्रमण बन्द गर’, ‘युद्धको ५०५ दिन : इतिहास लज्जित’लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह पनि गरिएको थियो ।

प्रदर्शनपश्चात् रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र काठमाडौंस्थित रुसी दूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

बिहीबारै रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह गर्दै पाल्पा, रुपन्देही, संखुवासभा, चितवन, सुर्खेत, तेह्रथुम, नवलपुर, रसुवालगायत एक दर्जन जिल्लामा शान्ति समाजका शाखाहरूले प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro