site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली महिला फुटबल टोली आज बंगलादेशसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आज घरेलु टोली बंगलादेशसँग खेल्दै छ । खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

नेपाली टोलीको मुख्य खेलाडी सावित्रा भण्डारी साम्बाको पुनरागमनले टोली उच्च मनोबलमा रहेको प्रशिक्षक थापाले बताए । गत भदौमा घरेलु मैदानमा भएको साफमा अस्वस्थताका कारण साम्बाले पूरै समय मैदानमा बिताउन पाएकी थिइनन् ।

चोटपछि नेपाली टोलीकी अर्की महत्वपूर्ण खेलाडी गीता राना र मिडफिल्डर प्रिती राईले पनि टोलीमा पुनरागमन गरेका छन् । गीता भारतसँगको दुई मैत्रीपूर्ण खेलमा चोट बोकेपछि टोली बाहिर थिइन् । यस्तै प्रिती राई पनि घुँडाको सफल शल्यक्रिया पछि पुनरागमन गर्न सफल भएकी छन् ।

Dabur Nepal
NIC Asia

घुँडाको उपचारपछि पुनरागमन गरेकी गीता अस्वथ्य रहेका कारण टोली बाहिर रहने सम्भावना छ । टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले बंगलादेशलाई आफूहरूले कमजोर रूपमा नहेरेको बताइन् ।

उनले भनिन्, “पहिला जे भयो अब त्यसलाई बिर्सेर अगाडि बढ्नुपर्छ। अहिले हामीसँग साम्बा पनि छ त्यसैले हामीले राम्रो खेल्नेछौँ ।”

नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनसिपपछि पहिलो पटक भिड्न लागेका हुन् । साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

साफ जित्ने टोलीबाट बंगलादेशको टोलीमा मुख्य प्रशिक्षक गोलान रोबान्नी छोटानले साफ जितेको केही समयपछि नै बंगलादेशको टोली छाडेका थिए। यस्तै साफ जित्ने टोलीबाट स्ट्राइकर सिरहद जहान सोप्ना र डिफेन्डर आकि खातुन टोलीमा छैनन् ।

बंगलादेशका मुख्य प्रशिक्षक बंगलादेश मुख्य प्रशिक्षक मोहबुबुर रहमन लिटुले भने, “साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएपनि बलियो टोली हो । यो पटक नेपाल त्यो हारको बदला लिने प्रयासमा हुनेछ त्यसैले हामीले यो खेललाई र नेपाललाई हल्का रुपमा लिएका छैनौँ । हामी उत्कृष्ट खेल प्रस्तुत गर्नेछौँ । अहिले सावित्राको पुनरागमनले पनि नेपाली टोली बलियो छ ।”

टोलीकी कप्तान  सविना खातुनले पहिला र अहिलेको आफूहरूको टोलीमा धेरै फरक रहेको सुनाइन् । उनले भनिन्, “साफ पछि हामीले ८ महिना खेल्न पाएका छैनौँ । नेपालले खेलिरहेको छ । हामी उत्कृष्ट खेल्ने प्रयास गर्नेछौँ ।”

खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा साँझ पौने ६ बजे हुनेछ ।

नेपाली टोली गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ । बंगलादेश भने मुख्य फरवार्ड सविना खातुनको कप्तानीमा खेल्नेछ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro