site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
त्रिभुवन आर्मीले भारतको दुरन्द कप खेल्ने
फाइल तस्बिर ।

काठमाडौं । भारतको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता दुरन्द कपको आगामी संस्करणमा नेपालकाे त्रिभुवन आर्मी फुटबल क्लबले पनि प्रतिस्पर्धा गर्ने भएको छ । 

एसियाकै पुरानो फुटबल प्रतियोगिता मानिने कपको १३२औँ संस्करणमा नेपालको आर्मीसहित २४ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

Dabur Nepal
NIC Asia

भारतको कोलकाता, गुवाहाटी र कोक्राझारमा अगस्ट ३ देखि सेप्टेम्बर ३ सम्म हुने प्रतियोगितामा २२ भारतीय र दुई विदेशी क्लबले प्रतिस्पर्धा गर्न लागेका हुन् । 

यसपटक प्रतियोगितामा विदेश टोलीका रूपमा नेपालको त्रिभुवन आर्मी र बंगलादेश आर्मीले सहभागिता जनाउँदै छन् ।

त्रिभुवन आर्मीले सामाजिक सञ्जालमार्फत प्रतियोगितामा सहभागिता जनाउने खुलाएको हो ।

प्रतियोगितामा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र सबै समूहका दुई उत्कृष्ट उपविजेताले क्वार्टरफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले ३० लाख भारतीय रुपैयाँ (भारु) प्राप्त गर्ने छन् । यसैगरी प्रतियोगितामा गोल्डेन बल, बुट र ग्लोभ जित्नेलाई जनही तीन लाख भारु प्रदान गरिने छ । 

प्रतियोगिताको गत संस्करणको उपाधि बेङ्लुरुले जितेको थियो । गत वर्ष कोलकातामा भएको फाइनल खेलमा मुम्बई सिटीलाई हराउँदै बेङ्लुरुले उपाधि जितेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro