site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीले गरे दुःख व्यक्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको उक्त हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लामजुरामा दुर्घटना भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा परी मृत्यु भएका यात्रुप्रति भावपूर्ण श्रद्धासुमन समेत अर्पण गरेका छन् । उनले शीघ्र र प्रभावकारी उद्धारका लागि सम्बन्धित संयन्त्रलाई निर्देशन दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

“सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुःखी तुल्याएको छ,” उनले फेसबुकमा लेखेका छन्, “दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्धारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु ।”

Global Ime bank

दुर्घटनामा परी पाइलटसहित सो हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement