site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यका कर्मचारी साउन १ देखि काज फिर्ता हुनुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा काजमा रहेका कर्मचरीलाई आउँदो साउन १ गतेदेखि अनिवार्य फिर्ता हुन निर्देशन दिएको छ । सबै स्थानीय तहहरूमा मन्त्रीस्तरीय निर्णय ‘सर्कुलर’ गर्दै दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई साउन १ गतेभित्र फिर्ता गर्न निर्देशन दिइएको हो ।

यस्तै, समायोजनका क्रममा फाजिलामा रहेका र समायोजन नभएका कर्मचारीलाई मन्त्रालयले आवश्यकताअनुसार कामकाजमा खटाउने भएको छ ।

मन्त्रालयले यसबीचमा पुल दरबन्दीमा रहेका कर्मचारीलाई पनि स्वास्थ्य परीक्षण गराई उपयुक्त निकायमा कामकाजमा खटाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro