राजनीति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याजीसम्बन्धी कानुनलाई नयाँ ढंगले अघि बढाइने बताएकी छन् ।
सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले मिटरब्याजी कानुनसम्बन्धी अध्यादेश शून्यको अवस्थामा पुगेको भन्दै यसलाई अब नयाँ ढंगले अघि बढाइने बताएकी हुन् ।
यसको प्रक्रिया सदनको आगामी असार २९ गते बस्ने बैठकबाट नै सुरु हुने उनको भनाइ छ । उनले राष्ट्रियसभा पनि सहज रूपमा चल्ने भन्दै बजेट पारित हुने विश्वास व्यक्त गरिन् ।
मन्त्री शर्माले अहिले संसद् खुलाउने नै महत्वपूर्ण विषय भएको र प्रतिपक्षीले उठाएको विषयलाई प्रधानमन्त्रीले स्पष्ट पार्ने बताइन् ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १९:०३
प्रतिक्रिया दिनुहोस्