site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सभामुखसँग प्रमुख सचेतकहरू छलफलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको सोमबार ३ बजेका लागि बोलाइएको बैठक अझै सुरू हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठकलाई सम्बोधन गर्ने सहमति भएपश्चात् आजको बैठक सञ्चालन गर्न एमाले सहमत भएपनि बैठक सुचारू हुन सकेको छैन ।

नेकपा (माओवादी केन्द्र)का एक सांसदका अनुसार अहिले सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफलमा छन् । ती सांसदका अनुसार एमालेले प्रधानमन्त्रीले मात्र नभइ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि सदनमा बोलेर माफी माग्नुपर्ने माग राखेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नारायणकाजी श्रेष्ठले संसद् अवरोध हुँदा मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएको र जनताको विरुद्ध एमाले उभिएको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

सभामुखसँगको जारी छलफलमा रहेका नेपाली कांग्रेसका एक सांसदका अनुसार एमालेले प्रधानमन्त्रीसँग सवाल जवाफ गर्न पाउनुपर्ने माग पनि गरिरहेको छ । त्यसकारण बैठक सुरू हुन नसकेको उनले बताए ।

Global Ime bank

केही दिन अघि नेपालमा भारतको चाहनामा मात्र सरकार बन्ने आशयको प्रधानमनत्री प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसपश्चात् एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ ।

सदनको गतिरोध हटाउन आइतबार एमाले तयार भएपनि अन्तिम समयमा व्याक भएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement