site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
द्वन्द्वपीडितको गुनासो– सरकारले वितरण गरेको परिचयपत्रलाई मान्यता दिइएन

काठमाडौं । सरकारबाट वितरण गरिएको परिचयपत्रलाई मान्यता नदिइएको द्वन्द्वपीडितले गुनासो गरेका छन् । उनीहरूले सरकारले द्वन्द्वपीडितलाई दिएको परिचयपत्रले कुनै पनि स्थानमा मान्यता नपाउने गरेको भन्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसँग गुनासो गरेका हुन् ।

बिहीबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव लोकराज अधिकारीले पीडितलाई दिइएको परिचयपत्र देखाउँदा कहीँ पनि सुविधा र छुट नदिइने गरेको गुनासो आयोगमा आइरहेको बताए । उनले आयोगले हालसम्म एक हजार ३२१ परिवारका तीन हजार ९९३ व्यक्तिलाई पीडित परिचयपत्र वितरण गरेको जानकारी गराए ।

उनले पीडितलाई सहुलियत प्रदान गर्न सरकारसमक्ष सिफारिस गरिएको बताए । ०७७ साल चैत ६ गते गरिएको सिफारिसमा विभिन्न ११ बुँदा समेटिए पनि कार्यान्यनमा नआएको उनको भनाइ छ ।

आयोगका काम चुस्त बनाउन छिटो पदाधिकारी पठाएर पूर्णता दिन आवश्यक रहेकामा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro