site stats
बाह्रखरी :: Baahrakhari
देश
'बालविवाह, अपहरण र जबरजस्ती करणीका नाममा दलितलाई फसाउने काम भयो'

काठमाडौं । संयुक्त राजनीतिक दलित संघर्ष समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग दलित समुदायमाथि बढ्दै गएको हिंसाविरुद्ध उचित प्रशासनिक पहल चाल्न आग्रह गरेको छ । 

आइतबार एक ज्ञापनपत्र बुझाउँदै संघर्ष समितिले पछिल्लो समय दलितमाथि भेदभावका घटना भैरहनुले संविधान र कानुनको उपहास भएको जनाउँदै उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको ध्यानाकर्षण गराएको हो ।

Argakhachi Cement Island Ad

तातोपानी गाउँपालिका–४, जुम्लामा अन्तरजातीय प्रेमविवाह गरेको आरोपमा दलित समुदायका मुकुन्द नेपालीको घरमा आगजनी हुनु, आरुघाट, गोरखाका सन्तोष नेपालीलाई अन्तरजातीय विवाहकै कारण जबर्जस्ति करणी मुद्दामा फसाइनु, भगवापुर, सिरहामा दलितहरूमाथि धम्की र कुटपिट जारी रहनु तथा बैतडी, कास्की, रूपन्देही, दाङलगायतका जिल्लामा शृङ्खलाबद्ध भेदभावका घटना भइरेहको संघर्ष समितिको भनाइ छ । 

"अन्तरजातीय प्रेम र विवाह बढ्दै जाँदा त्यसलाई बालविवाह, अपहरण र जबरजस्ती करणीका नाममा दलितहरूलाई फसाउने आपराधिक काम हुँदै आएको छ । तसर्थ प्रशासन र न्यायिक क्षेत्रले अन्तरजातीय प्रेम र विवाहलाई जातीय विभेद र उत्पीडनको संवेदनशीलताबाट बुझ्न जरुरी छ," ज्ञापनपत्रमा भनिएको छ । 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २२:४५
प्रतिक्रिया दिनुहोस्