site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिबिफिन र एनबीआईले सातवटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)बीच सातवटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने सम्झौता भएको छ ।

स्थानीय/प्रदेश सरकार र सरोकारवाला संघ/संस्थाहरूसँगको साझेदारीमा २०८० सालभित्र व्यवसाय शिखर सम्मेलन सम्पन्न आयोजना हुने छ ।

सम्झौता पत्रमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालकोतर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र नेपाल बिजनेस इन्स्टिच्युटकोतर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका छन् ।

सिबिफिनका अध्यक्ष गोल्यानले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नति, पुँजी निर्माण, सुरक्षित लगानीका नयाँ क्षेत्रहरूको पहिचान तथा लगानी विस्तार, बैंकिङ पहुँच तथा साक्षरता अभिवृद्धि गर्न सहयोग पुग्ने बताए ।

यस्तै, उत्पादनमूलक, रोजगारमूलक तथा निर्यातमूलक क्षेत्रहरूमा लगानी प्रबर्द्धन, उद्यमशीलता र नवप्रवर्तनको विकास एवं विस्तार, स्वदेशी उत्पादनहरूको प्रबर्द्धनलगायत विषयहरूमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन केन्द्रित रहने उनले बताए ।

अर्थतन्त्रले भोगिरहेका वर्तमान चुनौती र समाधानका लागि नेपाल सरकार तथा मातहतका निकायहरूमा सुझाव पेस गर्ने, वित्तीय क्षेत्रको सुधार तथा स्तरोन्नति, ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन पुग्ने गरी प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलनले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड  दिए ।

नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्ष विशाल गैरेले सम्मेलनमा आयोजक र स्थानीय र प्रदेश सरकारबीच साझेदारी सम्झौता, भिडियो प्रर्दशनी, स्थानीय तहका उद्यमीले उत्पादन गरेको मौलिक उत्पादनहरूको प्रदर्शनी, बैंक तथा वित्तीय संस्थाको लगानी मोडेल र यसबाट प्राप्त हुने उपलब्धि, वित्तीय पँहुच र साक्षरता र बैंक तथा वित्तीय संस्थाहरूको प्रबर्द्धनलगायतका विषयमा अर्थपूर्ण छलफल र निष्कर्ष निकालिने जानकारी दिए ।

दुई दर्जनभन्दा बढी सरोकारवाला संस्थाहरूको साझेदारिता रहने उक्त व्यवसाय शिखर सम्मेलनहरू आगामी आश्विन दोस्रो हप्ताबाट प्रारम्भ गरी माघ मसान्तसम्म सातवटै प्रदेशमा सम्पन्न गर्ने लक्ष्य राखिएको सिबिफिनले जनाएको छ ।

प्रत्येक प्रदेशको सम्मेलनमा ३० भन्दा बढी वक्ता र करिब ३०० जना उद्यमी/व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहने विश्वास सिबिफिनले बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro