site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले माफी मागे मात्र बैठक चल्न दिइने
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामाको ‘बटमलाइन’बाट पछि नहटेको जनाएको छ ।

प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक पदम गिरीले आज प्रधानमन्त्रीको जवाफ सुन्ने र चित्तबुझ्दो नआए संसद् बैठकलाई अघि बढाउन नदिइने बताए । प्रधानमन्त्रीले रोस्ट्रमा उभिएर गल्ती स्वीकार गरी माफी मागे मात्र बैठकका काम–कारबाही अघि बढाउन दिइने उनको भनाइ छ ।

KFC Island Ad
NIC Asia

आजको बैठकमा पनि एमाले प्रधानमन्त्रीको राजीनामाको मागसहित उपस्थित हुने उनले जानकारी दिए ।

“आज पनि हामी राजीनामा माग गरेरै सदनमा प्रस्तुत हुन्छौँ । प्रधानमन्त्रीले सदनमा आफ्नो विषय राख्नुहुन्छ । त्यो विचार स्वीकार्य हुन सके मात्र सदन अघि बढ्न हामी सहमत हुन्छौँ,” गिरीले बाह्रखरीसँग भने, “चित्तबुझ्दो नभए सदन चल्दैन । प्रधानमन्त्रीको कुरा सुनिसकेपछि मात्र निर्णय गर्छौँ । त्यो गल्ती थियो भनेर माफी माग्नुभयो भने एकपटकलाई कन्सिडर गर्न सकिन्छ ।”

Royal Enfield Island Ad

उनले प्रधानमन्त्री प्रचण्डले सदनमा बोलिसकेपश्चात् मात्र एमाले निर्णयमा पुग्ने बताए ।

केही दिनअघि प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालमा भारतको चाहनामा सरकार बन्ने आशयको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका विषयमा एमाले सांसदले संसद् बैठक अवरोध गरिरहेका छन् । एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधि र राष्ट्रियसभा दुवै बैठक चल्न दिएको छैन ।

सत्तासाझेदार दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने प्रधानमन्त्री प्रचण्डले बैठकमा सम्बोधन गर्ने र संसद् सञ्चालन गर्ने सहमति भएको जानकारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro