site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ब्राजिलमा भवन भत्किँदा ११ जनाको मृत्यु  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

रियो दि जेनेरो । उत्तरपूर्वी ब्राजिलको पेर्नम्बुकोको राजधानी रेसिफेमा शनिबार आवासीय भवन भत्किँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने तीनजना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । 

पाउलिस्टा नगरपालिकामा रहेको उक्त भवन शुक्रबार बिहान अज्ञात कारणले भत्किएको हो । वारुणयन्त्र विभागका अनुसार शुक्रबार सातजना मृत अवस्थामा फेला परेका थिए भने अर्को एकजनाको अस्पतालमा मृत्यु भएको थियो । शनिबार बिहान उद्धार टोलीले थप तीनजनाको शव फेला पारेको थियो ।

सन् २०१० मा अदालतको आदेशमा उक्त भवनमा बसोबासमा प्रतिबन्ध लगाइएको थियो तर २०१२ यता कैयौं परिवार त्यहाँ अवैध रूपमा बसाइँ सरेका थिए ।रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय