site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाबुरामको आरोप– सत्तादोहन गर्न समाजवादी मोर्चा
फाइल तस्बिर ।

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रहस्यमय ढंगले एकतर्फी रूपमा समाजवादी मोर्चाको घोषणा गरिएको बताएका छन् । आफूहरूसँग परामर्श र छलफलविनै चारदलीय सो मोर्चाको घोषणा गरिएको उनको भनाइ छ ।

शनिबार राति सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस र नेकपा (एमाले)सँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र मोर्चाको आशय देखिएको टिप्पणी गरेका हुन् । संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफलस्वरूप आफूहरूसित मोर्चाबारे छलफल नगरिएको उनको आरोप छ ।

“परन्तु, पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक–राजनीतिक विषयप्रतिको अरुचि÷अनिच्छा र खालि तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफलस्वरूप हामीसँग कुनै परामर्श र छलफलविनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो,” उनले ट्विटरमा लेखेका छन्, “नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन । किनकि, त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठूलो घात हो ।”

नयाँ ढंगको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक छ भन्ने प्रस्ताव आफूले नै अघि सारेको उनले उल्लेख गरेका छन् । तर, सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले आफूहरू संलग्न नभएको उनले स्पष्ट पारेका छन् ।

देशमा उदाउँदै गरेका सबै अग्रगामी शक्तिहरूसंग सहकार्य गर्दै आफूहरू बृहत् वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको उनले बताएका छन् ।

“बीचमा केही क्षेत्रीयतावादी शक्तिहरूसँग सहकार्य गर्दा हाम्रो छवि जनसमक्ष धमिलिन पुगेको कुरालाई स्वीकार्दै हामीले आत्मालोचनासहित त्यसलाई सच्याउने कार्य गरिसकेका छौँ,” उनले लेखेका छन्, “अतः नयाँ युगको र देशको आवश्यकताअनुरूप हामी देशमा उदाउँदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै बृहद् नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौँ ।”

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध समाजवादी मोर्चाप्रति उनले रोष प्रकट गरेका हुन् ।

धेरै शुभेच्छुकहरू विशेषतः माओवादी आन्दोलनमा लागेका साथीहरूले हामीलाई आफैंले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट किन अलग भएको भनेर र अन्य कतिपयले तपाईं पुराना शक्तितिर कि नयाॅ शक्तितिर भनेर निरन्तर प्रश्न गरिरहनुभएकाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु आवश्यक भएको छ।…

— Baburam Bhattarai (@brb1954) July 8, 2023

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro