site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सबै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले सबै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ ।

शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकबाट सबै प्रदेशका राजधानीमा केही दिनभित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मोर्चाको सन्देश देशभर पुर्‍याउने गरी सबै प्रदेशका राजधानी सहरहरूमा केही दिनभित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरिएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

यस्तै, मोर्चाको आचारसंहिता, नीति र कार्यक्रम निर्माणका लागि चार सदस्यीय कार्यदल पनि गठन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा कार्यदलमा रहेका उनले बताए ।

कार्यदलले तयार गरेको प्रतिवेदन आउँदो असार २७ गते बस्ने मोर्चाको बैठकमा पेस हुने र पारित हुनेछ । उनका अनुसार मोर्चाको बैठकको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने सहमति पनि गरिएको छ ।

नेताहरूले मोर्चाको बैठक बस्न ढिलाइ भएको स्वीकार गर्दै त्यसलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायत नेताहरूको सहभागिता थियो ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्