विदेश
किएभ । पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी शनिबार ६ जनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् ।
लिमानमा शनिबार बिहानैदेखि रुसी फौजले रकेट प्रहार गरेको र त्यसमा परेर ६ जनाले ज्यान गुमाएका तथा अरू पाँचजना गम्भीर घाइते भएका क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले पुष्टि गरेका छन् ।
सहरमा धेरै रकेट लन्चरबाट प्रहार भएको र रुसी आक्रमणले लिमानका केही भागमा आपत्कालीन परिस्थिति सिर्जना गरेको उनले सामाजिक सञ्जालमा लेखेका छन् । रासस/एएफपी
प्रकाशित मिति: शनिबार, असार २३, २०८० २१:२५
प्रतिक्रिया दिनुहोस्