अर्थ व्यवसाय
काठमाडौं । ‘आइएमई पे’ एपबाट ‘नेपाल पे’ को क्यूआर स्क्यान गर्न मिल्ने भएको छ ।
अब नेपाल पेको क्यूआर स्क्यान गरी आइएमई पे एपमार्फत भुक्तानी गर्न सकिने भएको हो ।
नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तर आबद्धता कायम गर्नेगरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो ।
नेपालमा क्यूआर स्क्यानमार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आइएमई पे र नेपाल पेको आवद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० १६:४०
प्रतिक्रिया दिनुहोस्