site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालका कारागारमा १३ सय बढी विदेशी कैदी बन्दी, बढी भारत र भुटानका 

काठमाडौं । नेपालका कारागारमा अहिले नेपाली र विदेशी गरी कूल २७ हजार ६७७ जना कैदीबन्दी रहेका छन् । कूल कैदीबन्दीमा पुरुषको संख्या २६ हजार २३४ र महिलाको संख्या एक हजार ४४३ रहेको छ । 

“नेपालका विभिन्न कारगारमा रहेका कैदीबन्दीमध्ये २६ हजार ३३० जना नेपाली र १ हजार ३४७ जना विदेशी छन्,” कारागार व्यवस्थापन विभागका निर्देशक तथा प्रवक्ता कमलप्रसाद पाण्डेले बाह्रखरीसँग भने । 

Dabur Nepal
NIC Asia

विभागका अनुसार देशका विभिन्न स्थानमा रहेका सुधार गृहमा एक हजार ११४ जना बालबालिका रहेका छन् ।  सुधार गृहमा रहेकामध्ये कैदी बालबालिकाको संख्या ५५७ र थुनुवा बालबालिकाको संख्या ५५७ रहेको छ । 

नेपालका कारगारमा भारतीय, भुटानी, जाम्बियन, पाकिस्तानी, बोलिभियन, अमेरिकन र क्यानडियन गरी सात विदेशी राष्ट्रका नागरिक पनि कैदीबन्दीको रुपमा रहेका छन् । 

कारागारमा रहेका विदेशी कूल कैदीबन्दीको संख्या एक हजार ३४७ रहेको छ।  प्रवक्ता पाण्डेका अनुसार नेपालका कारगारमा रहेका विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयको छ । 

२०८० जेठ मसान्तसम्म नेपालका कारागारमा रहेका भारतीय कैदीबन्दीको संख्य एक हजार २९५ पुगेको छ ।  भारतीयपछि नेपाली कारागारमा सबैभन्दा बढी विदेशी कैदीबन्दीमा भुटानी रहेका छन् । अहिले ४७ जना भुटानी नगारिक नेपालका कारागारमा छन् । 

कारागारमा रहेका अन्य विदेशी कैदीबन्दीमा जाम्बियन, पाकिस्तानी, बोलेभियन र अमेरिकन एक–एक जना छन् ।  नेपाल र भारतबीच खुला सीमा भएका कारण नेपालमा अपराध गर्ने भारतीयको संख्या ठूलो भएको बुझाई प्रवक्ता पाण्डेको छ । कारागारमा रहेका भारतीयमध्ये धेरै लागूपदार्थ ओसारपसार मुद्दामा दोषी देखिएकाहरु छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro