site stats
बाह्रखरी :: Baahrakhari
देश
एलओडीका सञ्चालक राजु सिंह बालुवाटारबाट पक्राउ

काठमाडौं । प्रहरीले ठमेलको नाइट क्लब एलओडीका सञ्चालक राजु सिंह सुवाललाई पक्राउ गरेको छ । 

एलओडीमा गएकी एक बालिका बलात्कृत भएको उजुरी परेपछि जिल्ला प्रहरी परिसर ललितपुरले सुवाललाई बालुवाटारबाट पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख (एसएसपी) सिद्धिविक्रम शाहले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शाहका अनुसार उनलाई काठमाडौं प्रहरीलाई बुझाउने तयारी गरिएको छ । "घटना काठमाडौंमै भएकाले भोलि उतै पठाउँछौँ," शाहले बाह्रखरीसँग भने ।

गत जेठ ३१ गते राति एलओडी गएकी एक नाबालिकाको ललितपुरको बागडोलमा बलात्कार भएको दाबीसहिको उजुरी परेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्