site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्रीले भेटे अजरबैजानका राष्ट्रपति

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले अजरबैजानका राष्ट्रपति इल्हाम हैदर ओग्लु अलीयेवसँग शिष्टाचार भेट गरेका छन् । अजरबैजानको बाकुमा उनीहरूबीच भेटवार्ता भएको हो ।

परराष्ट्रमन्त्री साउद असंलग्न राष्ट्रको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बाकु गएका हुन् । असंलग्न राष्ट्रको मन्त्रीस्तरीय बैठक सफलतापूर्वक सम्पन्न गरेकामा उनले अजरबैजानका राष्ट्रपतिलाई बधाई दिए ।

Dabur Nepal
NIC Asia

भेटमा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने, आपसी हित र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिहीबारै बाकुमा परराष्ट्रमन्त्री साउद र माल्दिभ्सका विदेश राज्यमन्त्री अहमद खलेलबीच भेटवार्ता भएको छ । भेटमा आपसी हितका विषयमा छलफल भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro