राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका छन् । बुधबार संसद् बैठक अवरुद्ध भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनता विपरीतको अभिव्यक्ति दिएको बताए ।
ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अभिव्यक्ति अस्वभनीय र आपत्तिजनक रहेको बताए । प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै एमालेले बुधबार संघीय संसद्का दुवै सदन अवरुद्ध गरेको छ ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८० १७:१७
प्रतिक्रिया दिनुहोस्