site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेका कारण दुवै सदनको बैठक स्थगित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कारण संघीय संसद्का दुवै सदनको बैठक स्थगित भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमाबार एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै एमालेले नेपालको प्रधानमन्त्री भारतले बनाउने भन्दै त्यसको जवाफ माग गरेको हो । सोही कारण बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा एमालेले अवरोध गरेको छ । 

आज दिउँसो साढे २ बजे बसेको राष्ट्रिय सभाको बैठकमा एमालेले अवरोध गरेपछि ३ बजे सम्मका लागि सारिएको थियो । तर, बैठक चलाउन सहमति जुट्न नसकेपछि ४ बजेर ४६ मिनेटका लागि बैठक बोलाइएको छ । 

Global Ime bank

यस्तै, ३ बजे भनेर चार बजे मात्र बसेको प्रतिनिधिसभा बैठक पनि आधा घण्टाका लागि स्थगित भएको छ । एमाले सांसद रघुजी पन्तले राजीनामा नदिएसम्म बैठक चल्न नदिने भनेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement