site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्नूस् : अर्थमन्त्री डा. महत 

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् । 

बुधबार आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर्मचारीहरूलाई उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले भने, “कर्तव्यनिष्ठ भएर काम गर्नु होला । यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्यनिष्ठ भएर काम गर्नुपर्छ ।”

Argakhachi Cement Island Ad

डा. महतले सेवाग्राही माझ सहज रूपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न आग्रह गरेका छन् । 

“कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला,” उनले भने, “व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् । राम्रो काम गर्ने साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।” 

अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको श्रोत जुटाउने हो, राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने श्रोत जुटाउने जिम्मेवारीमा आफू रहेको उनले बताए । 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्