site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एकदिन पनि टिकेन नेप्सेको उकालो यात्रा, ३९ अंकले घटेको बजारमा तीन अर्बको कारोबार

काठमाडौं । मंगलबार १२.७३ अंकले बढेको नेप्से परिसूचक साताको चौथो कारोबार दिन बुधबार ३९.२६ अंकले घटेको छ ।

गएका दिनमा बुधबार, आइतबार र सोमबार लगातार घटेको बजार मंगलबार १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा बन्द भएको थियो ।

तर, बुधबार परिसूचक १.८८ प्रतिशत घटेर २०४९.४४ विन्दुमा बन्द भएको हो । लगातार घटेपछि एक दिन उकालो लागेको नेप्से भोलिपल्ट नै उच्च अंकले घटेको हो । यसदिन तीन अर्ब सात करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार दुई अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २७७ धितोपत्रको ८० लाख ९२ हजार ९६९ कित्ता खरिद–बिक्री भएको छ । 

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा जीवन बिमा समूह रहेको छ । यो समूहको परिसूचक ३.३१ प्रतिशतले घटेको छ ।

सिटी होटेलको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । मंगलबार पनि यो होटेलको सेयर मूल्य ९.९९ प्रतिशतले नै वृद्धि भएको थियो । यो होटेलको सेयर मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ ६० पैसा कायम भएको छ ।  बीपीडब्लू लघुवित्त र मोदी इनर्जीको सेयर मूल्य आज १० प्रतिशतले घटेको छ ।

यस दिन शिवम् सिमेन्टको सर्वाधिक रूपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको १६ करोड ४९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।  

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro