site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ च्याम्पियनसिप फाइनलको निर्णय पेनाल्टी सुटआउटबाट

काठमाडौं । घरेलु टिम भारत र कुवेतबीच जारी साफ च्याम्पियनसिप–२०२३ को फाइनलमा खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने भएको छ ।

भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको निर्धारित र अतिरिक्त समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।

खेलको १५औँ मिनेटमा सबाईब अलखाल्दीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । तर, ३९औँ मिनेटमा लालियन्जुएला चान्टेले गोल गरेपछि भारत खेलमा फर्किएको थियो ।

प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको भारतले सेमिफाइनलमा लेबनानलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारतले लेबनानलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

यता, कुवेतले भने बंगलादेशलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २२:२६
प्रतिक्रिया दिनुहोस्