site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अतिरिक्त समयमा धकेलियो साफ च्याम्पियनसिपको फाइनल

काठमाडौं । घरेलु टिम भारत र कुवेतबीच जारी साफ च्याम्पियनसिप–२०२३ को फाइनलमा खेल अतिरिक्त समयमा धकेलिएको छ ।

भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको निर्धारित समयसम्म दुवै टिमले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

Dabur Nepal
NIC Asia

खेलको १५औँ मिनेटमा सबाईब अलखाल्दीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । तर, ३९औँ मिनेटमा लालियन्जुएला चान्टेले गोल गरेपछि भारत खेलमा फर्किएको थियो ।

प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको भारतले सेमिफाइनलमा लेबनानलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारतले लेबनानलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

यता, कुवेतले भने बंगलादेशलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २१:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro