site stats
बाह्रखरी :: Baahrakhari
खेल
फाइनलको पहिलो हाफमा भारत र कुवेत १–१ को बराबरीमा

काठमाडौं । साफ च्याम्पियनसिप–२०२३ को फाइनलमा साविक विजेता भारत र कुवेतले पहिलो हाफमा १–१ को बराबरी खेलेका छन् ।

भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको १५औँ मिनेटमा सबाईब अलखाल्दीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । तर, ३९औँ मिनेटमा लालियन्जुएला चान्टेले गोल गरेपछि भारत खेलमा फर्किएको थियो ।

प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको भारतले सेमिफाइनलमा लेबनानलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारतले लेबनानलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

यता, कुवेतले भने बंगलादेशलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्