site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमा भूमि बैंक स्थापना गर्न ढिलाइ गर्नु हुन्न : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाइ थियो ।

मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको कृषि तथा पशुपंक्षी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि सो बैंक अतिआवश्यक रहेको बताए ।

उनले भने, “भूमि बैंकमा लगेर आफ्नो जमिन राख्ने र त्यसलाई चक्लाबन्दीको रूपमा फार्मिङ गर्ने कुरा तराईमा सबभन्दा बढी उपयोगी हुन्छ ।”

ओलीले पहाडमा भने कृषि उत्पादन बढाउनका लागि सहकारीकै विधि उपयुक्त हुने तर्क गरे ।

“नेपालमा पाँच वर्षभित्र कृषि उत्पादन ८० प्रतिशत वृद्धि गर्न सकिन्छ । त्यसका लागि कृषिमा आधुनिक औंजारहरू, उन्नतस्तरको बीउविजन, मल, सिँचाइको प्रबन्ध गर्नुपर्ने हुन्छ,” उनले भने ।

अध्यक्ष ओलीले नेपालमा कृषिका लागि सिँचाइको अभाव नहुने दाबी समेत गरे ।

 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro