राजनीति
काठमाडौं । राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । १४औँ अधिवेशनको २१औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेर १ मिनेटमा बैठक सुरु हुनेछ ।
बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० सभासमक्ष टेबुल गर्नेछन् ।
यस्तै, विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरूमाथि छलफल गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० ०९:४२
प्रतिक्रिया दिनुहोस्