site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीएनआई पदाधिकारी र एमाले अध्यक्षबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उक्त भेटमा मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको बताइएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारीको टोलीले विद्यमान अर्थतन्त्र एवं समाधानका उपायका बारेमा छलफल गरेको हो ।  

उक्त छलफलमा नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्र सुधारका लागि सबै राजनीतिक दलहरूको मुख्य एजेण्डा आर्थिक मुद्दा बन्नुपर्ने बताए ।

अर्थतन्त्र सुधारका लागि आर्थिक विषयहरूलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा अग्रवालले जोड दिए । अर्थतन्त्रलाई चलायमान बनाउँदै लक्षित आर्थिक वृद्धि हासिल गर्न र निजी क्षेत्रको मनोबल बढाउन आगामी मौद्रिक नीति लचिलो हुनुपर्ने उल्लेख गरे ।

जलविद्युत् आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साझेदारीमा पूर्वाधार क्षेत्रको विकास गरिनुपर्ने, ठूला उद्योग तथा व्यवसायिक कृषिका लागि जग्गा हदबन्दी हुन नहुनेमा उनले जोड दिएका थिए ।

सो अवसरमा अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा वा नहुँदा आर्थिक क्षेत्रको सुधार, विकासका लागि बोल्दै आएको बताए । अर्थतन्त्रका विषयलाई आफूले प्राथमिकतामा राख्दै आएको पनि उनले जानकारी दिए ।  

उक्त भेटमा निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू विरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छाया शर्मा सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro