site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिंगापुरविरुद्ध फराकिलो जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौ । सिंगापुरमाथि ९७ रनको फराकिलो जित निकाल्दै नेपाल एसीसी मेन्स यू-१६ इस्ट जोन कप-२०२३ को फाइनलमा प्रवेश गरेको छ ।

सोमबार मलेसियाको बायमस ओभलमा सम्पन्न सेमिफाइनलमा नेपालले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१.३ ओभरमा ८७ रनमै समेटियो । सिंगापुरका रोशन रविचन्द्रनले २४ रन बनाए । प्रनव धनुकाले अविजित १४ र कविर बिर्लाले ११ रन जोडे । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कार्तिक कामतले तीन विकेट लिए । अभिषेक तिवारी, प्रतिक पोख्रेल, सन्तोष यादव, अशोक धामी र नरेन भट्टले समान एक विकेट लिए । त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाएर १८४ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि सूर्यान्शु कोइरालाले ४३ रन बनाएका थिए । निरकुमार यादवले ४२, कप्तान अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, प्रतीक भट्टराईले १२, दीपु कुमारले अविजित १२ र कार्तिक कमाले १० रन बनाए ।

सिंगापुरका लागि हरिहरनले तीन विकेट लिए । हर्ष वेङ्कटरम र कविर बिर्लाले समान दुई र प्रनव धनुकाले एक विकेट लिए । नेपालले अब उपाधिका लागि मलेसियाको सामना गर्नेछ । मलेसियाले अर्को सेमिफाइनलमा हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro